सुदूरपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्काउने चेतावनी

सदरलाइन संवाददाता ९ बैशाख २०७९, शुक्रबार १४:५१
 

नेपालगञ्ज : सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । टीकापुर बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले विश्वविद्यालयमा भएका शैक्षिक विकृति र विसंगतिका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

क्याम्पसका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ती जारी गर्दै संघर्षका कार्यक्रमहरु जारी राख्ने जानकारी गराएका हुन् । यस्तै उनीहरुले क्याम्पसमा कानुन संकाय अन्तरगत विए एलएलबी शैक्षिक कार्यक्रमका विद्यार्थीहरुको समस्या समाधानका लागि विश्वविद्यालयले पहल गर्नुपर्ने बताएका छन् ।


विए एलएलवी नेपाली र अंग्रेजी दुवै भाष माध्यमबाट पठनपाठन र सञ्चालन गरिनुपर्ने उनीहरुको माग छ । माग सम्बोधन नगरिए आन्दोलन गर्ने उनीहरुको भनाइ छ । उता, विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा पनि भाषा माध्यमको विषयलाई लिएर तालाबन्दी गरिएको छ । यस्तै उनीहरुले क्याम्पसले लिने मध्यसत्र परीक्षा पनि बहिस्कार गरेका छन् ।

कानुन संकाय अन्तरगत भाषा माध्यमको समस्या विश्वविद्यालयका आंगिक कैलाली बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पसमा पनि रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेयरको उम्मेदवार बन्न उपसचिवबाट राजीनामा

९ बैशाख २०७९, शुक्रबार १४:५१
पूर्वीनवलपरासी : नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन् । हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार आफूले उपसचिवबाट राजीनामा दिएको जानकारी दिए । देवचुली नगरपालिकाका स्थायी बासिन्दा भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार हुने इच्छा राखेका छन् । उनी यसअघि त्यही नगरपालिकामा […]

ताजा अपडेट