पार्किङ गरेर राखेको बसमा आगजनी

सदरलाइन संवाददाता ११ श्रावण २०७८, सोमबार १५:१६
 

दाङ : दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समूहले आइतवार राति आगजनी गरेको छ । घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथि आगजनी भएको हो ।

रा १ ख १८९२ नम्बरको बसमा राति २ बजे सो समूहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए ।

प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तिहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था अव धम्बोझीमा

११ श्रावण २०७८, सोमबार १५:१६
नेपालगञ्ज : माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगञ्जको धम्बोझीमा सरेको छ । सेतु विक चोकमा रहेको सो संस्था धम्वोजीमा सरेको हो । धम्बोझीमा सरेको संस्थाको एक कार्यक्रमकाबीच उदघाटन गरिएको छ । सञ्चालक समितिका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षता एंव नेफस्कुनका केन्द्रीय महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम […]