नेपालगञ्जका वडा नम्बर १ र २ वाल विवाह मुक्त घोषणा

सदरलाइन संवाददाता ३१ असार २०७८, बिहीबार १६:४२
 


नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १ र २ लाई बिहिवारदेखि वाल विवाह मुक्त वडा घोषणा गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले दुबै वडा वाल विवाहमुक्त वडा भएको घोषणा गरेका हुन ।

कार्यक्रममा नगर प्रमुख राणा र उपप्रमुख मगरले नेपालगञ्जलाई वडा हुँदै नगरलाई नै वाल विवाहमुक्त वडा घोषणा गर्ने लक्ष्यका साथ अघि बढेको बताए । यसअघि नेपालगञ्जका वडा नम्बर १० र १२ लाई वाल विवाहमुक्त वडा घोषणा गरिसकिएको छ ।


पछ्रिल्लो एकवर्षका अवधीमा नेपालगञ्ज १ मा ५९ वटा र वडा नम्बर २ मा ५० विवाह भएकोमा दुबै वडामा ८/८ वटा वाल विवाह भएका थिए । वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमालले वडालाई वाल विवाहमुक्त बनाउन साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।

कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, भेरी अस्पताल विकास समितिका अध्यक्ष तथा नेकपा एमाले बाँकेका सचिव प्रमोद धिताल, नेपाली काँग्रेस बाँकेका नेता सुधाम्शु कोइराला लगायतले वाल विवाहमुक्त जिल्ला बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजमार्ग वन्यजन्तुका लागि धराप बन्दै

३१ असार २०७८, बिहीबार १६:४२
नेपालगञ्ज : बन्य जन्तुका लागि निकुञ्ज क्षेत्रको राजमार्ग धराप बन्दै गएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा राजमार्गमा दुर्घटनामा परेर ४३ र अन्य दुर्घटनामा परेर २५ वन्यजन्तुले ज्यान गुमाएका छन् । भने निकुञ्ज स्थापना भएदेखि यता मात्र ३ सय ५८ वन्यजन्तुले राजमार्गमा दुर्घटनामा परेर ज्यान गुमाएका छन् । हरेक वर्ष […]