कोरोनाबाट बाँकेमा चारजनाको ज्यान गयो

सदरलाइन संवाददाता ६ जेष्ठ २०७८, बिहीबार १६:२५
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप चारजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप चारजनाको मृत्यु भएको अस्पतालले जनाएका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा जानकी गाउँपालिका–३ बाँकेका ४४ वर्षीया महिला, बढैयाताल गाउँपालिका–५ बर्दियाका ४० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–७ बाँकेका ६३ वर्षीया महिला र खजुरा गाउँपालिका–४ बाँकेका ७५ वर्षीय पुरुष रहेका छन् ।


योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २१५ जना र जिल्लाकै २५९ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज आईसोलेसनको सेवा उत्कृष्ट

६ जेष्ठ २०७८, बिहीबार १६:२५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १० का युवराज शाह कोभिड संक्रमण भएपछि सुरुमा भेरी अस्पताल हुँदै उप–महानगरपालिकाले सञ्चालन गरेको रामलिला मैदानस्थित आईसोलेसनमा बसे । बिहिवार कोभिड निको भई घर फिर्ता हुनेक्रममा शाहले कोभिड रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जले गरेको प्रयासको प्रशंसा गरे । नेपालगञ्जले निःशुल्क पिसिआर परीक्षण र एन्टिजिन […]