नेपालगञ्जमा ईद–उल–अजाह (बकरईद) को रौनक शुरु

रुद्र सुवेदी १४ असार २०८०, बिहीबार ०९:४५
 

 

नेपालगञ्ज :  ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक बिहीबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाइने यो पर्व शनिबारसम्म मनाईने प्रचलन छ ।

रमदान महिना भर उपवास बसेर ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि ईद–उल–अजाह बकरईद मनाईने चलन छ । नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा बिहीबार बिहान साढे ७ बजे सामुहिक नमाज पढेर बकराईद ईद–उल–अजाह मनाउन सुरु गरिएको हो ।

ईदगाहमा सामुहिक नमाज पढे लगत्तै सबै ईस्लाम धर्मावालम्बीहरुले कुर्वानी (पशुबली) को लागि नजिकको सामुहिक स्थान मस्जिद वा आ–आफ्नो घरमा कुर्वानी (पशुबली) दिने चलन भएकोले नेपालगञ्जका मुस्लिम समुदायहरु आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी, राँँगा जस्ता जानवरको जोहो गरेका छन् ।


भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा १ जनाको मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको ईस्लामा धर्मगुरु समेत रहनुभएका मौलाना ज्याउल मुस्तफा नूरानीले जानकारी दिए ।

मुस्लिम धर्मगुरु नूरानीले कुर्वानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिए ।

सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरु जसको साथमा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धनसम्पत्ति छ र कुनै पनि ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकरईदमा कुर्वानी गराउनु पर्ने प्रावधान अनुसार कुर्वानी गराउनु पर्ने धार्मिक चलन रहेको छ ।

सो अबसरमा पूर्वमन्त्री मोहम्मद ईस्तियाक राइले ईदगाहमा सामुहिक नमाज पढेर मुलुकमा शान्ति तथा अमनचैन कायम गर्दै नेपालगञ्जमा सामाजिक सद्भाव कायम गर्न आग्रह समेत गरे ।

नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई तथा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले ईदगाहमा सामुहिक नमाज पढ्न आएका ईस्लाम धर्मावलम्बीलाई शुभकामना दिदै नगरमा शान्ति सद्भाव र भाईचाराको सम्बन्ध प्रगाढ बनाउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज हरिबोधनी एकादशी तुलसी सारेर मनाईदै

१४ असार २०८०, बिहीबार ०९:४५
नेपालगञ्ज : असार शुक्ल एकादशीका दिन आज हिन्दू समुदायको घरघरमा तुलसीको बिरुवा रोपेर चतुरमास व्रत थालनी गरिँदैछ । हरिशयनी अर्थात् भगवान विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले […]

सम्बन्धित