गोजुरीयो प्रतियोगिता कोहलपुरमा हुने

४ माघ २०७६, शनिबार १६:०२
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा राष्ट्रियस्तरको गोजुरीयो कराँते डो प्रतियोगिता हुने भएको छ । राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, ५ नं. प्रदेश समितिको आयोजनामा आगामी फागुन २४ र २५ गते प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
कोहलपुर नगरपालिका वडा नं. ३ स्थित वागेश्वरी ईमि स्कुलको प्राङ्गणमा आयोजना गर्न लागिएको प्रतियोगितामा देशभरबाट ४ सयदेखि १ हजार खेलाडी उपस्थित गराउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक तथा राष्ट्रिय गोजुरीयो कराँते डो महासंघ, ५ नं. प्रदेश समिति प्रमुख रमेशकुमार डाँगीले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत काँता र कुबिन्ते तर्फ विभिन्न २८ वटा विधामा क्याडेट, जुनियर र सिनियर खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुमध्येबाट छनौटमा परेका खेलाडीहरुले सन २०२० मा नेपालमै आयोजना हुन गईरहेको साउथ ओपनिङ गोजुरीयो च्याम्पियनशिपमा भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि ८ लाख बढि लागत अनुमान गरिएको प्रतियोगिता संयोजक डाँगीले जानकारी दिए ।

Next Post

बिज्ञान तथा प्रविधि महोत्सव नेपालगञ्जमा हुने

४ माघ २०७६, शनिबार १६:०२
सदरलाइनडटकम, नेपालगञ्ज : आगामी फागुनमा नेपालगञ्जमा बिज्ञान तथा प्रबिधिको बृहद् प्रदर्शनी एवं महोत्सव हुने भएको छ । आयोजक संस्था ग्रान्ड साईन्स फेस्टिवलले शनिवार नेपालगञ्जमा पत्रकार सम्मेलनमा नेपालगञ्जको सडक डिभिजन कार्यालय परिसर कारकादोमा महोत्सव हुने जनाएको छ । ‘राष्ट्र निर्माणका लागि बिज्ञान तथा प्रविधि’ भन्ने मुल नाराका साथ आउने फागुन महिनाको […]