बाँकेमा ठुलो परिमाणमा अवैध कपडा बरामद

सदरलाइन संवाददाता ३० असार २०७९, बिहीबार १४:०७
 

जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज १४ भाटनपुर्वाबाट भन्सार छली गरेर ल्याउँदै गरेको २ लाख १७ हजार १ सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।


जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएका अवैध कपडामा १९६ पिस लेडिज कुर्ता सुरुवाल, १९ पिस कोट पाइन्टको कपडा र १९ पिस लेडिज सललाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका पालिकामध्ये सबैभन्दा कम बेरुजु नरैनापुरको

३० असार २०७९, बिहीबार १४:०७
नेपालगञ्ज : बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । ८ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ […]

सम्बन्धित