सदरलाइनडटकम
८ पुस, नेपालगन्ज : नेपालगन्जका बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रामगोपा बैष्यको ७४ वर्षको उमेरमा निधन भएको छ । केही समय यता प्रोस्टेट गल्याण्डको क्यान्सरबाट पीडित रहेका वरिष्ठ पत्रकार बैश्यको शुक्रबार राती ११ बजे आफ्नै निवासमा निधन भएको हो ।
२०२६ सालदेखि बर्दियाबाट पत्रकारिता थालेका स्व. वैष्यले राष्ट्रपुकार, चेतना साप्ताहिक बिबिसि मा समेत काम गरेका थिए । शंखनाद सास्ताहिकका प्रकाशक सम्पादक समेत रहेका उनको त्रिभुवन चोक बोल्दछ भन्ने स्तम्भ निक्कै चर्चित छ ।
छ छोरा एक छोरी र श्रीमतीसहित रानीतलाउ नजिकैको आफ्नो निवासमा बस्दै आएका स्व. बैष्यको हिन्दू परम्परा अनुसार शनिबार दिउसो १ बजे बुलबुलियामा अन्तिम संस्कार गरिने उनका साहिला छोरा तथा आजको सामना साप्ताहिकका प्रकाशक सम्पादक अजय गुप्ताले जानकारी दिए ।
