बाँकेलाई बिहीवार पूर्ण खोप सुनिश्चितता घोषणा गरिँदै

सदरलाइन संवाददाता १३ असार २०८०, बुधबार १३:१५
 

नेपालगञ्ज : बाँकेलाई बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिँदै छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले एक कार्यक्रमकाबीच बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागेका हुन् ।

जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएपपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागिएको हो ।


खोपै नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागिएको छ ।

डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलार्य ३१, नेपालगञ्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैदेशिक रोजगारीका बिषयमा सामीद्धारा परामर्श

१३ असार २०८०, बुधबार १३:१५
नेपालगञ्ज : बाँकेमा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले बैदेशिक रोजगारीमा जानेहरुलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श दिँदै आएको जनाएको छ । बाँकेका चार वटा पालिकामा संचालित यस परियोजनाले खासगरी बैदेशिक रोजगारीको यात्रादेखि पुनः घर फर्किनेसम्मको चरणमा आवश्यक पर्ने कुराहरुका बारेमा सूचना प्रदान गरि सुरक्षित बनाउने कार्य गर्दै […]