सदरलाइनडटकम,
नेपालगञ्ज : संघिय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले गाई नियन्त्रण तथा ब्यवस्थापनकालागि १ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । शनिवार गृहजिल्ला बाँकेको नेपालगञ्ज पुगेका मन्त्री राइले गाई बचाउ अभियान सञ्चालन गरिरहेका स्थगानिय युवाहरुलाई भेटी छाडा चौपाया (गाई)को उचित ब्यवस्थापनकालागि संसदीय कोषबाट १ करोड रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।
गाई नेपालको राष्ट्रिय जनावर भएको उल्लेख गर्दै मनत्री राइले नेपालगञ्ज उपमहानगरपालिकाले गाई संरक्षणकालागि दिर्घकालीन योजना ल्याएको खण्डमा तत्काल १ कारोड बजेट बिनियोजन गरिने बताए । त्यसकालागि नगरपालिकालाई दिर्घकालीन योजनासहितको कार्यक्रम ल्याउन समेत मन्त्री राइले आग्रह गरेका छन् ।
यसैबिच नेपालगञ्जमा सामाजिक संजालमार्फत गाई बचाउ अभियान सञ्चालन गर्दै आएका अभियन्ताद्वय समिरमान श्रेष्ठ तथा बिवेक श्रेष्ठलाई मन्त्री राईले ५० हजार नगद उपलब्ध गराएका छन् ।
काञ्जी हाउसमा रहेका गाईहरुको आहारा ब्यवस्थापनकालागि मन्त्री राइले उक्त रकम उपलब्ध गराएको गाई संरक्षण अभियन्ता बिवेक श्रेष्ठले जानकारी दिए । मन्त्री राइले नेपालगञ्जस्थित भेरी अस्पतालमा निर्माण गर्न लागिएको ५०० शैयाको अत्याधुनिक भवनको समेत अनुगमन गरेका छन् ।