बाँकेमा बिहीवार ९ संक्रमित थपिए, ११ डिस्चार्ज

सदरलाइन संवाददाता ४ कार्तिक २०७८, बिहीबार १२:३५
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा १४३ नमुना परीक्षण गर्दा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा ५, मेडिकल कलेज कोहलपुरमा ६६ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्यावमा १७ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५५ पुगेको छ ।

यस्तै बिहीवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाइले भाला प्रहार गर्दा दाई गम्भीर घाइते

४ कार्तिक २०७८, बिहीबार १२:३५
नेपालगञ्ज : दाङमा भाइले भाला (धारीलो हतियार) प्रहार गर्दा दाई गम्भिर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. १ नयाँ बस्ती निबासी ३० वर्षीय लिला बहादुर वलीले आफ्नै दाई ३८ बर्षीय देबबहादुर वलीलाई भाला प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एबम् प्रहरी नायव […]

सम्बन्धित