सदरलाइनडटकम,
काठमाण्डौ : भारतको मध्य प्रदेशका पूर्व मुख्यमंत्री कमलनाथले राजीनामा दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकारहरूले क्वारेन्टाइन बस्नु पर्ने भएको छ । उक्त सम्मेलनमा सहभागी मध्येका एक पत्रकारकी छोरीलाई कोरोना संक्रमण पाइएको हो ।
त्यस्तै, पत्रकारलाई परिक्षण गर्दा उनमा समेत कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अब उक्त सम्मेलनमा सहभागि सबैलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिने भएको छ । (एजेन्सी)
