बैदेशिक रोजगारीका बिषयमा सामीद्धारा परामर्श

सदरलाइन संवाददाता १३ असार २०८०, बुधबार १३:३३
 

नेपालगञ्ज : बाँकेमा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले बैदेशिक रोजगारीमा जानेहरुलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श दिँदै आएको जनाएको छ ।

बाँकेका चार वटा पालिकामा संचालित यस परियोजनाले खासगरी बैदेशिक रोजगारीको यात्रादेखि पुनः घर फर्किनेसम्मको चरणमा आवश्यक पर्ने कुराहरुका बारेमा सूचना प्रदान गरि सुरक्षित बनाउने कार्य गर्दै आएको छ ।

यस परियोजनाले मुख्यतया सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सेवा प्रदान गरिरहेको सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले जानकारी दिए ।


पत्रकारबीच गरिएको अन्तरक्रियामा प्रस्तुत तथ्याँक अनुसार बाँकेबाट गत आर्थिक बर्षमा ८ हजार ९७ जना विदेश गएको तथ्यांक देखिएको छ । यस्तै २०७९ साउन १ गतेदेखि २०८० जेठ ३२ गतेसम्मको तथ्यांक तथ्याँक अनुसार जिल्लामा आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको संख्या चालू आर्थिक बर्षमा १० हजार १ छ ।

यस्तै रिटर्नी स्वयंसेवक परिचालनमार्फत घरभेट गरिएको संख्या ४४ सय ७६ रहेको छ । गत आर्थिक बर्षमा निःशुल्क कानुनी सेवा लिनेको संख्या २७३ रहँदा चालू आर्थिक बर्षमा ६१ रहेको छ ।

सामीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा परियोजना लागु रहेको कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताए । २०६७ सालदेखि शुरु सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ईद–उल–अजाह (बकरईद) को रौनक शुरु

१३ असार २०८०, बुधबार १३:३३
  नेपालगञ्ज :  ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक बिहीबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाइने यो पर्व शनिबारसम्म मनाईने प्रचलन छ । रमदान महिना भर उपवास बसेर ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि ईद–उल–अजाह बकरईद मनाईने चलन छ । नेपालगञ्जको बीपी […]

सम्बन्धित