बी–ग्रुपद्वारा पिउनेपानी तथा हातेधुने स्थान निर्माण गरी हस्तान्तरण

सदरलाइन संवाददाता १२ असार २०८०, मंगलवार २०:११
 

बर्दिया :  बी–ग्रुपले बर्दियाका सामुदायिक विद्यालयलाई शुद्ध  पिउने  पानी र हात धुनको लागि हातेधुने स्थान निर्माण गरेर हस्तान्तरण गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा संचालित बालविवाहा न्युनिकरण परियोजना संचालन भएको र बाल विवाहाको जोखिम कम गर्नका लागि बारबर्दिया नगरपालिकाको समन्वयमा वडा नं ५ बनधुस्रीमा रहेको जनशक्ति आधारभुत विद्यालयमा सरसफाई तथा शुद्ध खानेपानीका लागि हातधुने स्थान निर्माण गरि उपप्रमुख रत्नाकुमारी पाण्डेबाट उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

नगर उपप्रमुख पाण्डेले स्थानीय सरकारको मुख्य दायीत्व भएता पनि भेरि वातावरणिय बिशिष्टता समुह बिग्रुपले स्थानीय सरकार पुग्न नसकोको र अति आबश्यक भएको ठाउमा नगरपालिकासंग समन्वय तथा साझेदारि गरि वालविवाहको जोखिम कम गर्न र वालमैत्री लैगिक मैत्री शैक्षिक बातावारण निर्माण गर्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै संस्था र सस्थासंग जोडिएका कर्मचारीहरुलाई बिषेश धन्यबाद दिईन ।


पालिका भित्रका सामुदायिक बिद्यालयमा बालमैत्री शैक्षिक बिकासका गर्न यस आ.ब. २०८०/०८१ नीति तथा कार्यक्रममा बजेटको ब्यबस्था गरि बालविवाहा न्युनिकरणका लागि योजना बनाएको जानकारी गराईएको छ ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत तथा सुभकामना सस्थाका कार्यक्रम प्रबन्धक बिर्खराज उपाध्यायले बालविवाह न्युनिकरण परियोजना मार्फत बालिकाहरुको शैक्षिक कृयाकलापमा सहभागीता तथा उनीहरुको सहभागीता गराउदै पालिकास्तरको नीती निर्माण कार्यमा सस्थाले पालीकासंगको साझेदारिमा पैरवी गरिएको र बाल विवहा सबै पक्षको साझा मुद्दाका रुपमा रहेको छ ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रास. खुमराज काप्ले, वडा नं ५ का वडा अध्यक्ष लाल बहादुर चौधरी, विद्यालय ब्यबस्थापन समितिका ,शिक्षक अभिभावक संघका, अध्यक्ष एवम पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

विद्यालयले बालविवाहा परियोजना मार्फत विद्यालयमा अध्यानरत बालबालिकाहरुका लागि शिक्षा स्वास्थ्य, भौतिक बिकासका विविध पक्षमा निरन्तर सहयोग र समन्वयकारी भुमिका निर्वाह गरे बाफत उच्च सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०३० सम्म विश्वका प्रति पाँच व्यक्ति मध्य एक हिन्दी भाषी हुने : प्रा.डा.द्विवेदी

१२ असार २०८०, मंगलवार २०:११
दिल्ली :  सन २०३० सम्ममा विश्वका प्रति पाँच व्यक्ति मध्ये एक व्यक्ति हिन्दी भाषी हुने आकलन गरिएको छ । भारतीय जन संचार संस्थानका महानिदेशक एवं नगर राजभाषा कार्यान्वयन समिति (नराकास) का अध्यक्ष  समेत रहेका प्राध्यापक डा. संजय द्विवेदीले सो आँकलन गरेका हुन । उनले नगर राजभाषा कार्यान्वयन समिति (नराकाश) दक्षिण […]