बर्दियामा प्रहरीसंगको झडपमा एकलाई गोली लाग्यो

२५ मंसिर २०७३, शनिबार १४:१३
 

सदरलाइनडटकम, 
२५ मंसिर नेपालगन्ज: जुम्ला चन्दननाथ मन्दीरको मुर्ती खोज्दै हिडेको प्रहरीको विषेश टोली र स्थानीयबीचको झडपमा एकलाई गोली लागेको छ । बर्दियाको मैनापोखर र बाँसगढीबीचको जंगलमा प्रहरीसंग भएको झडपमा परेर एक जना घाईते भएका छन् भने एक प्रहरी नियन्त्रणमा रहेका छन् ।
मध्यपश्चिम प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक माधव नेपालले दिएको जानकारी अनुसार शनिवार साँझ करिव ५ बजे सो झडप भएको थियो । केहीदिन पहिला जुम्लाको चन्दननाथ मन्दीरबाट चोरी भएको मुूर्तीको खोजि गर्दै पुगेको प्रहरी र उनीहरु बीचमा झडप भएको थियो ।
सो झडपमा प्रहरीका तर्फबाट ३ राउण्ड गोली चलाईएको र प्रहरीको गोली लागेर एक जना घाईते भएको छ । प्रहरीले उनीहरुको साथबाट एक मूर्ती समेत बरामद गरेको बुझिन आएको छ ।
डिआईजी नेपालले भने–‘ प्रहरीको टोलीले एक पुरुष र महिलालाई पछाउदै जाँदा उनीहरुको साथमा मुर्ती भेटिएको र त्यो मूर्ती नियन्त्रणमा लिने क्रममा गोली चलेको छ । एक जना पुरुषको खुट्टामा गोली लागेर घाईते भएको छ ।’
घाईतेको नेपालगन्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ । भने महिला र मूर्ती प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान अघिबढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान संशोधनका बिरुद्ध एमाले बाँकेको नेपालगन्जमा प्रदर्शन (फोटो र भिडियो सहित )

२५ मंसिर २०७३, शनिबार १४:१३
सदरलाइनडटकम,  २६ मंसिर, नेपालगन्ज : सरकारले संविधान संशोधनको प्रस्तावमा सरकारले प्रदेश नं. ५ बाट पहाडी जिल्ला झिकेर अन्य प्रदेशमा गाभेको विषयमा एमालेले विरोध प्रर्दशनको आयोजना गरेको छ । आईतबार दिउसो करिव १ बजे तिर एमाले पार्टी कार्यालयबाट झण्डा व्यानर सहित निस्केको विरोध ¥याली बिपीचोक, धम्बोझीचोक हुँदै पुष्पलाल चोकमा पुगेर कोण […]