इमराल्ड कलेजले होटल म्यानेजमेन्टसंगै फेसन डिजाईन पनि सञ्चालन गर्दै

१४ बैशाख २०७५, शुक्रबार १९:२७
 

सदरलाइनडटकम 
१४ बैशाख, नेपालगन्ज : इमराल्ड कलेज अफ एप्लाईड मेनेजमेन्ट नेपालगन्जले स्वरोजगार मुलक शिक्षाको लागि आफुहरुको पहल हुने बताएको छ ।
कलेज प्रशासनले शुक्रबार सो कलेजमा अध्ययन गर्दै आएका विद्यार्थीहरुको चाईनिज परिकार पकाउने तथा सर्व गर्ने विषयको प्रयोगात्मक कार्यक्रमका सहभागिलाई कलेज स्थापनाको उद्देश्य बारे जानकारी गराउदै सो कुरा बताएको हो ।
कलेजका प्रबन्ध निर्देशक भेषराज भुषालले नेपालगन्ज तथा आसपासको क्षेत्रमा खोलिएका विभिन्न तारे होटललाई लक्षित गरी ३ महिना, ६ महिना र एक वर्षे होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गरिएको बताए ।
सो अवसरमा कलेजमा अध्ययनरत विद्यार्थीहरुले पकाएको चाईनिज खानेकुरा उपस्थित पाहुनाहरुलाई पस्केका थिए ।
कलेजका अध्यक्ष चन्द्र श्रेष्ठले युवाका लागि स्वरोजगार मुलक शिक्षा भएको कारण कलेजमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पुरा गर्ने वित्तिकै रोजगार पाउने तथा आफ्नै व्यावसाय सञ्चालन गर्नसक्ने बताए ।
कलेजका निर्देशक रेशम चापागाईले कलेजले आउने महिना भित्रै पहिलो पटक फेशन डिजाईन समेत कक्षा सञ्चालन गर्ने गरी तयारी गरेको जानकारी दिए । कलेजका प्राचार्य गौरव कुमार गुप्ताले आफुहरु गुणस्तरिय शिक्षा दिने र आफ्नो उत्पादनले त्यतिकै बस्नु नपर्ने दावि समेत गरे ।
सिटिईभिटिबाट सम्बन्धन प्राप्त गरी मलेशियाको लिंकन कलेज अफ म्यानेजमेन्टसंग समेत सम्बन्धन लिएको र कलेजमा एक वर्ष अध्ययन गरेका विद्यार्थीहरुले चीनमा ‘अनदजब ट्रेनिङ्ग वीथ पेड’ तलबसहित थप तालिम दिने व्यवस्था मिलाएको छ ।


 

Next Post

कारागारबाटै कैदीको ‘सेटिङ्ग’मा जेलर सरुवा भएपछि...

१४ बैशाख २०७५, शुक्रबार १९:२७
सदरलाइनडटकम   १५ बैशाख, नेपालगन्ज  : कारागारमा चौकिदारदेखि महानिर्देशक बनाउनेसम्मको चलखेल नेपालको कारागार भित्रै रहेका एक पाकिस्तानी नागरिकले आफुले ‘सेटिङ्ग’ गर्ने दाबी गरेको तथ्य फेला परेको छ । नेपालगन्ज कारागारको निमित्त जेलर र चौकिदार फेर्नको लागि चलखेल सुरु गरेको पाईएको हो । यो कार्यमा कारागार विभागका कर्मचारी र जननिर्वाचित प्रतिनिधिको संलग्नता […]

सम्बन्धित