सदरलाइनडटकम,
काठमाण्डौ : लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने सरकारले निर्णय गरेको छ । बैशाख २५ गतेसम्म रहेको लकडाउनलाई मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधवार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।
मंगलवार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत नदेखिएको समितिका एक सदस्यले बताए ।
