बालसंरक्षणका लागि युवा अभियन्तालाई तालिम

सदरलाइन संवाददाता २ चैत्र २०७९, बिहीबार १९:०५
 

नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले विपदको समयमा बाल संरक्षणका लागि जिल्लाका युवा अभियन्ताहरुलाई चारदिने तालिम विहिबारदेखि नेपालगञ्जमा शुरु गरेको छ ।

मानव बेचविखन रोकथामका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालनमा रहेको ‘रोकथाम नै समाधान’ भन्ने मुल नाराका साथ सञ्चालनमा रहेको प्रोटेक्ट परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।

तालिमको एक समारोहका बीचमा बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले सो तालिमको उदघाटन गर्दै विपतको समयमा बालसंरक्षणलाई विशेष प्राथमिकता दिनका लागि आयोजना गरिएको यो तालिम निकै महत्वपुर्ण रहेको बताए ।


उनले बेचविखन रोक्न, बाल विवाह रोक्न, दुव्र्यवहार रोक्न र बाल अधिकार स्थापित गर्न समाजमा खटिएका युवा अभियन्ताले तालिम पाएपछि विपत र आपातकालिन अवस्थामा बालसंरक्षणलाई प्राथमिकता दिने कुरामा जोड दिए ।

तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिदअलि सिद्दिकीले समुदायमा मानव बेचविखन रोक्न सक्रिय रहेका युवा अभियन्तालाई प्रदान गरिने यो तालिम निकै अहम रहेको बताए ।

सो तालिममा खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरका ३० जना युवा अभियन्ताको सहभागिता रहेको छ भने तालिमको प्रशिक्षकमा बालअधिकारकर्मी आशिष बर्मा रहेका छन् ।

चारदिनसम्म चल्ने सो तालिममा विशेषगरि विपद र आपातकालिन अवस्थामा बाल संरक्षण कसरी गर्ने, बेचविखन, दुव्र्यवहार, बालविवाह रोक्न के के गर्नु पर्ने तथा बाल अधिकारका लागि के के गर्नु पर्ने जस्ता विषयमा सहभागिहरुलाई तालिम दिने प्रशिक्षक बर्माले जानकारी दिए । सो अवसरमा परियोजनाका कार्यक्रम अधिकृत विनिता आरसी र फिल्ड सुपरवाइजर शंकरसिंह थारुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साढे १ लाखको कुखुरा बरामद, एक फरार प्रतिवादी पक्राउ

२ चैत्र २०७९, बिहीबार १९:०५
नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको साढे १ रुपैयाँ बराबरका कुखुरालाई नेपालगञ्ज १० शितलनगरबाट बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २१९ पिस कुखुरा बरामद गरिएको हो । जिल्ला […]