उप–मेयर कप छात्रा क्रिकेट प्रतियोगिताको तयारी पूरा

सदरलाइन संवाददाता २५ माघ २०७९, बुधबार १४:५१
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद बिकास समितिको समन्वयमा ५ औ अन्तर माध्यमिक बिद्यालय स्तरिय उप मेयर कप छात्रा सक्रकेट कप प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

माध्यमिक विद्यालयस्तरिय उप मेयर कप क्रीकेट कप प्रतियोगिताले छात्राहरुको लागि खेल जगतमा आउनको लागि सहयोग पुर्याउने भएको र क्रीकेट प्रती विद्यालयका छात्राहरुलाई आकर्षण गर्नको लागि यो क्रीकेट प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताएका छन् ।

उनले छात्रा क्रिकेट प्रतियोगिता आइ सि.सिको नियम अनुसार डियुज बलले खेलाइने र खेलाडिहरु १८ बर्ष ननाघेका हुनु पर्ने बताएका छन् ।


यस्तै कोहलपुर नगरपालिकाका सामाजिक बिकास संयोजक इश्वरी प्रसाद बिकले कोहलपुरमा बहुआयामिक क्रिकेट मैदान बनाइएको र अझै त्यसलाई भव्य रुपमा सुबिधा सम्पन्न बनाउने आफुहरुको जिम्मेवारी भएको बताएका छन् । उनले खेलाडी भाईबहिनिहरुलाई खेल प्रति आकर्षक गराउन र खेल अभ्यासको लागि प्रोत्साहन गर्न आगामी दिनहरुमा क्रिकेट मात्र नभैइ अन्त बिद्याका खेलकुदहरु पनि संचालन गरे बताएका छन् ।

छात्रा क्रिकेट प्रतियोगितामा प्रथम र द्वितिय हुनेलाई क्रमशः २१ हजार र ११हजार नगद ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । बाँकेको कोहलपुरमा छात्रा क्रीकेटको उद्गम स्थल हो पछिल्लो समयमा नगरपालिकाले खेलकुद अनि खेलाडिलाई प्रोत्साहन गर्न विभिन्न खेल सञ्चालन गर्दै आएको छ । प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ’

२५ माघ २०७९, बुधबार १४:५१
नेपालगञ्ज : नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न् । उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए । राष्ट्रिय एकता अभियानले बुधवार नेपालगञ्जमा गरेको नेपाली संस्कृति र विकास क्षेत्र […]