सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा आइतवार थप १ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पताल खजुराबाट डिस्चार्ज हुनेमा कोहलपुर ८ का ३९ वर्षीय पुरुष छन् ।
योसँगै बाँकेमा निको हुनेको संख्या ३ सय ८७ पुगेको छ । संक्रमित २ जनाको भने मृत्यु भएको छ । बाँकेमा कुल संक्रमित ४ सय ३७ मध्ये अव आइसोलेशनमा ५७ जना मात्र छन् ।
तीमध्ये ९ जना बाँके बाहिरका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
