सदरलाइनडटकम,
बुटवल : रुपन्देही प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण गर्ने अभियानअन्तर्गत खटिएको प्रहरी टोलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ का बिष्णु गाहा मगर र भैरहवाको मेउडीहवा बस्ने रेनु बनियालाई पक्राउ गरेको हो ।
सिद्धार्थनगर नगरपालिका १ स्थित तनहुँ होटलको कोठा नम्बर १३६ बाट दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनरागन, १ एम्पुल नुफिनलगायतका लागूऔषधका साथै बिभिन्न कम्पनीका ९ थान मोबाइलसमेत बरामद गरेको हो ।
रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नयाब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।
