अन्तर्राष्ट्रिय योग दिवसमा कोहलपुरमा प्रभातफेरी

सदरलाइन संवाददाता ६ असार २०८०, बुधबार १३:२८
 

नेपालगञ्ज : अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा कोहलपुर नगरपालिकाले बुधवार बिहान प्रभातफेरी एवम् योग जागरण र्याली गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

नेपालले भने यस अघिदेखि नै योग दिवस मनाउने गरेको थियो । २०३६ सालको माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर नेपालमा योग दिवस मनाउन थालिएको थियो । माघ १ गते मनाउने गरिएको योग दिवस जुन २१ तारिखमा सारेपछि अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए ।


त्यसपछि सरकारले २०७२ साल साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

नियममा रहेर योग गरे विभिन्न स्वास्थ्य समस्या कम हुँदै जाने योग गुरुहरुले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्षयरोग नियन्त्रणका लागि सुक्ष्म योजना तथा पुनः तर्जुमा गोष्ठी

६ असार २०८०, बुधबार १३:२८
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले क्षयरोग (टि.बि) नियन्त्रणका लागि सचेतिकरण अभियानलाई तीब्र पारेको छ । नगरपालिकाले अहिले क्षयरोग मुक्त अभियानका लागि सम्बन्धि वडा स्तरमा सुक्ष्म योजना निर्माण गर्ने र आगामी वर्षको योजना तर्जुमालाई तीब्रता दिएको कोहलपुर नगर स्वास्थ्य शाखाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीले जानकारी दिए । यसैक्रममा वडा नम्बर […]

सम्बन्धित