क्षयरोग नियन्त्रणका लागि सुक्ष्म योजना तथा पुनः तर्जुमा गोष्ठी

सदरलाइन संवाददाता ६ असार २०८०, बुधबार १३:३३
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले क्षयरोग (टि.बि) नियन्त्रणका लागि सचेतिकरण अभियानलाई तीब्र पारेको छ । नगरपालिकाले अहिले क्षयरोग मुक्त अभियानका लागि सम्बन्धि वडा स्तरमा सुक्ष्म योजना निर्माण गर्ने र आगामी वर्षको योजना तर्जुमालाई तीब्रता दिएको कोहलपुर नगर स्वास्थ्य शाखाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीले जानकारी दिए ।

यसैक्रममा वडा नम्बर ४ मा बुधवार वडास्तरीय क्षयरोग सम्बन्धि सुक्ष्म योजनाको निर्माण र प्रगति विश्लेषण तथा पुनः योजना निर्माण कार्याशाला गोष्ठीको आयोजना गरिएको छ ।

वडा अध्यक्ष मुवारक अलि गुजरको अध्यक्षतामा भएको गोष्ठीमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले क्षयरोग मुक्त अभियानका लागि कोहलपुर नगर प्रतिबद्ध रहेको भन्दै नागरिकहरु पनि सचेत हुनु पर्ने धारणा व्यक्त गरे ।


उनले जनचेतनाको अभाव र लापरवाहीका कारण कैयौं मानिसहरुले टिबिबाट ज्यान गुमाउनु परेको उल्लेख गर्दै टिबिको बेलैमा पहिचान गरि उपचारको पहुँचमा ल्याउने गरि काम गर्नु पर्नेमा जोड दिए ।

यस्तै स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपालीले क्षयरोग नियन्त्रणका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । बुधवारको कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वातावरण तथा बिपत समिति संयोजक पबित्रा कुमारी थारु, वडा सदस्य निर्मला थापा लगायतको सहभागिता रहेको थियो ।

अहिलेसम्म कोहलपुरका १, २, ३, ५, ६, ९, १०, ११, १२ र १३ नम्बर वडामा वडास्तरीय क्षयरोग सम्बन्धि सुक्ष्म योजनाको निर्माण र प्रगति विश्लेषण तथा पुनः योजना निर्माण कार्याशाला गोष्ठी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा. राजन पाण्डे थारू रत्नबाट सम्मानित

६ असार २०८०, बुधबार १३:३३
नेपालगञ्ज : थारू आयोगले भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसिय डा. राजन पाण्डेलाई थारू रत्नबाट सम्मानित गरेको छ । थारू समुदायमा जनस्वास्थ्य समस्याकोरुपमा रहेको सिकसल एनिमिया तथा थालेसेमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सिकलसेल विज्ञ डा पाण्डेलाई आज काठमाडौमा आयोजित एक कार्यक्रमका बीच आयोगले थारु […]

सम्बन्धित