करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता १३ कार्तिक २०७८, शनिबार १३:०५
 

डोटी : डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका–९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।


त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् । घाइते साउदको राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शनिवार ७ जनामा कोरोना पुष्टि

१३ कार्तिक २०७८, शनिबार १३:०५
नेपालगञ्ज : बाँकेमा शनिवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८५ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा ३, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्यावमा ३० नमुना परीक्षण गर्दा […]