मन्त्री सिंहको अवस्था अत्यन्तै गम्भीर, श्रीमतीसहित दुईको मृत्यु

सदरलाइन संवाददाता ५ असार २०८०, मंगलवार १६:४३
 

नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकीदेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको छ ।


मन्त्री सिंहसहित उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।

प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको उपचारकाको क्रममा निधन

५ असार २०८०, मंगलवार १६:४३
कोहलपुर (बाँके) : बझाङमा भएको गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते […]