सल्यानमा फरार दुईजना अभियुक्त पक्राउ

सदरलाइन संवाददाता १७ जेष्ठ २०७९, मंगलवार १४:४७
 

सल्यान : सल्यानले प्रहरीले लेनदेन मुद्दा र हुँडारको छाला ओसारपसार मुद्दाका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लेनदेनको बिगो मुद्दामा फरार सल्यान बागचौर नगरपालिका–१० पिपलनेटाका ४३ वर्षीय देवराज गिरी र हुँडारको छाला ओसारपसार मुद्दामा बागचौर नगरपालिका–६ कोटबाराका ३२ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

लेनदेनको बिगो मुद्दामा दाङ जिल्ला अदालतले २०७८ चैत २५ गते गिरीलाई तिर्नुपर्ने सावाँ ब्याजसहित २ वर्ष कैदको फैसला गरेको थियो ।


यस्तै हुँडारको छाला (आखेटोपहार ओसारपसार) मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७८ असार ०६ गते ३५ दिने पक्राउ पुर्जी तामेल गरेकोमा सो अवधिमा निज अदालतमा उपस्थित नभई हालसम्म फरार रहेका थिए ।

आवश्यक कारबाहीका लागि गिरीलाई सल्यान अदालत र बस्नेतलाई दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज मेडिकल कलेजमा आन्दोलन थप सशक्त पारिँदै

१७ जेष्ठ २०७९, मंगलवार १४:४७
नेपालगञ्ज : चार महिनादेखि मासिक तलव नपाएको भन्दै आन्दोलनरत नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् । चार महिनादेखि मासिक तलव र करिव एक वर्षदेखि प्रोत्साहन भत्ता नपाएको चिकित्सकहरुको गुनासो छ । गएको विहीबार अस्पताल प्रशासन अगाडी हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना बस्दै आएका […]

सम्बन्धित