सडक दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको उपचारकाको क्रममा निधन

सदरलाइन संवाददाता ५ असार २०८०, मंगलवार १८:३७
 

कोहलपुर (बाँके) : बझाङमा भएको गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका निमित्त निर्देशक डा. ढुण्डीराज पौडेलले विज्ञप्ती जारी गर्दैै जानकारी दिएका छन ।

डा. पौडेलका अनुसार मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा कोहलपुर ल्याइएको थियो उनको ५ बजेर ३३ मिनेटमा मृत्यु भएको हो । मन्त्री सिंहको उपचारमा संलग्न चिकित्सकका अनुसार टाउकोमा गम्भीर चोट देखिएको थियो भने नाकबाट अत्याधिक रक्तश्राव भएको थियो ।


सिंहसँगै कोहलपुर ल्याइएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ । सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा दुर्घटना भएको हो ।

दिउँसो दुई बजेतिर केदारस्युँ गाउपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी खसेको थियो । दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका–१, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई घाइते

५ असार २०८०, मंगलवार १८:३७
नेपालगञ्ज : कोहलपुरमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । कोहलपुरको कौसिल्या अस्पताल प्रालि अगाडि भे १२ प ७२४५ नम्बरको स्कुटीलाई भे १२ प ६६७२ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनाबाट दुवै चालक घाइते भएका छन् । घाइते दुवै जनाको कौसिल्या अस्पतालमा […]