बाँकेस्थित दुबै बाल सुधारगृहलाई विभिन्न सामग्री प्रदान

सदरलाइन संवाददाता १६ फाल्गुन २०८०, बुधबार १४:०८
 

नेपालगञ्ज : बाँकेको दुईवटा बाल सुधारगृहमा विभिन्न सामग्री प्रदान गरिएको छ । डुडुवा र नौबस्तामा रहेका बाल सुधारगृहका बालबन्दीहरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री प्रदान गरिएको हो ।

केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा रहेको जयन्दु बालसुधार गृह र बैजनाथको नौबस्तामा रहेको बालसुधार गृहमा विभिन्न खेलकुदका सामग्री, कम्प्युटर, ल्यापटप, टेलिभिजन, कुलरलगायतका उपकरण हस्तान्तरण गरिएको हो ।

ती सामग्रीहरु सर्वोच्च अदालतका रजिष्ट्रार तथा केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव नारायणप्रसाद पन्थी, केन्द्रीय बाल न्याय समितिको सचिवालयका उपसचिव अनुपमा पन्त, जिल्ला अदालत बाँकेका न्यायाधीश बालकृष्ण वाग्ले र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले हस्तान्तरण गरेका थिए ।

जयन्दु बालसुधार गृहको तर्फबाट प्रमुख बिमला काउचा र नौबस्ता बालसुधार गृहको तर्फबाट त्यहाँका प्रमुख श्याम रानाले सामग्री बुझेकी थिइन् । दुबै ठाउँमा आयोजना गरिएका छुट्टाछुट्टै कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बाल सुधारगृहको मोडेल र केही ऐन कानुनमा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।


सर्वोच्च अदालतका रजिष्ट्रार तथा केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव नारायणप्रसाद पन्थीले बाल सुधार गृहहरुलाई कारागारभन्दा पनि होस्टेलको मोडेलमा सञ्चालन गर्नुपर्ने देखिएको जनाउँदै त्यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

ती दुबै कार्यक्रममा केन्द्रीय बाल न्याय समितिको सचिवालयका उपसचिव अनुपमा पन्त, बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल, युनिसेफका बाल संरक्षण प्रमुख डेन रोनो, जिल्ला अदालत बाँकेका न्यायाधिस बालकृष्ण वाग्ले, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी लगायतले बाल सुधारगृहको अवस्था र त्यसमा गर्नुपर्ने केही परिवर्तनका बारेमा आआफ्नो धारणा राखेका थिए ।

सो अवसरमा जयन्दु बाल सुधारगृहका तर्फबाट प्रमुख विमला काउचा र नौबस्ता बाल सुधारगृहका तर्फबाट त्यहाँका प्रमुख श्याम रानाले बाल सुधारगृहका बारेमा विस्तृत जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको एक पसलमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

१६ फाल्गुन २०८०, बुधबार १४:०८
नेपालगञ्ज : नेपालगञ्जमा एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । आगलागीबाट डेढ करोड बढीको क्षती भएको अनुमान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलस्थित न्यू माया इलेक्ट्रोनिक्स पसलमा मंगलवार राती करिब साढे १२ बजेतिर आगलागी हुँदा सम्पूर्ण इलेक्ट्रोनिक्स समानहरु पूर्णरुपमा जलेर नष्ट भएको नेपालगञ्ज उद्योग बाणिज्य संघका […]