जनज्ञान ज्योतीमा सिर्जनात्मक लेखन कार्यशाला आयोजना

सदरलाइन संवाददाता ५ असार २०८०, मंगलवार १३:१२
 

नेपालगञ्ज : बाँकेको कोहलपुर १ स्थित जनज्ञान ज्योती माध्यामिक विद्यालयका विद्यार्थीलाई कविता लेख्ने र वाचन गर्ने सिप प्रदान गर्न सिर्जनात्मक लेखन कार्यशालाको आयोजना गरिएको छ ।

कार्याशालाका संयोजक तथा विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपानेले एक सातासम्म सञ्चालन गरिने सो कार्यशालामा विद्यार्थीलाई कविता लेख्ने तौर तरिकाको बारेमा सिकाउँदै उनीरुलाई हलमा नै कविता लेख्न र वाचन गर्न लगाइने बताइन् । उनले मेरो विद्यालय मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ सुरु गरिएको सो सिर्जनात्मक लेखन/सीप कार्यशालामा वरिष्ठ कवि देवी नेपालले कविता लेखन प्रशिक्षण दिँदै बालबालिकामा भएको यो उत्साहलाई उर्जा थप्न पाएकोमा खुशी व्यक्त गर्नु भएको बताइन् ।

कार्यशालाका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले विद्यालयले बालबालिकालाई कविता लेखन र वाचन बारे प्रशिक्षणको व्यवस्था गरेर उनीहरुभित्र लुकेर रहेको अन्तर्नीहित क्षमता प्रस्फुटन गराउने अवसर दिएको बताए ।


सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्माले बालबालिकालाई पठनपाठन सँगसँगै साहित्यीक गतिविधिमा पनि सक्रिय गराइने योजना अनुसार यो कार्यशाला गरिएको बताए ।

विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक विष्णुमाया भण्डारीले विद्यालयका ७४ जना विद्यार्थिले कविता लेख्ने र वाचन गर्ने सिप सिक्नका लागि फारम भरेकोले उनीहरुलाई कार्यशालामा सहभागि गराईएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ : मन्त्री मोदी

५ असार २०८०, मंगलवार १३:१२
बर्दिया : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् । बर्दिया जिल्लाका कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् । कुनै पनि कार्यालयमा कार्यालय प्रमुख वा जनप्रतिनिधिले हाजिर नगराउने र कोही कर्मचारी हाजिर गर्न नजाने प्रवृत्ति […]

सम्बन्धित