रेडक्रसद्वारा खोज तथा उद्दार सामाग्री हस्तान्तरण

२ फाल्गुन २०७३, सोमबार १३:४२
 

सदरलाइनडटकम   
२ फागुन, नेपालगन्ज : जिल्ला दैवीप्रकोप उद्दार समिति बाँकेलाई बिपदको बेलामा आवश्यक पर्ने खोज तथा उद्दार सामग्रीसहितको कन्टेनर नेपाल रेडक्रस सोसाइटी बाँकेले सोमवार हस्तान्तरण गरेको छ ।
बाढी, डुबानको समयमा हुने क्षति न्यूनीकरण गर्नका लागि जिल्ला दैवीप्रकोप उद्दार समितिसंग खोज उद्दार सामग्री अभावको अवस्थालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले सो सामाग्रीहरु बाँकेका प्रमुख जिल्ला अधिकारी एवं दैवीप्रकोप उद्दार समितिका अध्यक्ष रवीलाल पन्थलाई हस्तान्त्रण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोबद्र्धन सिंह सम्झनाले सामानको लिस्ट र कन्टेनर हस्तान्त्रण गरेका थिए । प्रजिअ पन्थले सामाग्री बुझेर रेडक्रसलाई धन्यवाद दिँदै प्राप्त सामग्रीलाई सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले प्रमुख जिल्ला अधिकारीको अनुरोध र प्रयासमा नेरेसो डिपेको–८ कार्यक्रमको सहयोगमा खोज तथा उद्धार सामग्री उपलब्ध गराइएको बताए ।
उनले बाढी र विपद्को समयमा रबरबोट जस्ता महत्वपूर्ण सामग्रीको अवश्यकता हुने गरेको चर्चा गर्दै आगामी दिन सो सामग्रीको प्रयोग सम्बन्धित कृत्रिम घटना अभ्यास गर्नुपर्ने कुरा उल्लेख गरे ।


जिल्लामा विपद् प्रतिकार्यको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले कन्टेनर सहितको रबरबोट, लाइफजाकेट, टेन्ट, मेगाफोन, स्टेचर, कुर्सी, टेवल, डोरी, प्राथमिक उपचार सामग्री सहित बेग, अग्नी समकयन्त्र, बाकस लगायतको २३ लाख, ६८ हजार १ सय ५ बराबरको जिन्सी सामग्री नेरेसो बाँके शाखाका सभापति सम्झनाले प्रमुख जिल्ला अधिकारी पन्थलाई हस्तान्तरण गरेका हुन ।
विपद्को तथ्यांक व्यस्थापन गर्न र समन्यवका लागि जिल्ला आपत्कालीन कार्य संचालन केन्द्र बाँकेलाई नेपाल रेडक्रस सोसाइटीले विगत वर्षदेखि निरन्तर सहयोग गर्दै आएको कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहायक प्रजिअ एवं जिल्ला दैवी प्रकोप उद्धार समितिको फोकलपर्सन जगतबहादुर बस्नेत, प्रहरी उपरिक्षक टेकप्रसाद राई, सशस्त्र प्रहरी उपरिक्षक राजु अधिकारी, राष्ट्रिय अनुसान्धन प्रमुख भिमबहादुर बुढाथोकी, नेरेसो बाँके शाखाका कामु.वरिष्ठ अधिकृत निरञ्जना मल्ल, सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पढाईदिने प्रलोभनमा काठमाण्डौ पु¥याई आफन्तबाटै सामुहिक बलात्कृत भएकी किशोरीको अवस्था नाजुुक

२ फाल्गुन २०७३, सोमबार १३:४२
रुद्र सुवेदी / सदरलाइन    ३ फागुन, नेपालगन्ज : राम्रो र सुखमय भविश्यको कल्पना गरेर आफन्त कै विश्वासमा काठमाण्डौ पुगेकी जुम्लाकी एक किशोरी आफन्तबाटै लुटिदै जीवन मरणको अवस्थामा पुगेकी छन् । उनको महिला तथा बालबालिका कार्यालय जुम्लाको सहयोगमा कठमाण्डौको शिक्षण अस्पतालमा उपचार भई रहेको छ । ‘अति नै विपन्नतामा हुर्किएकी […]