हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ : मन्त्री मोदी

सदरलाइन संवाददाता ५ असार २०८०, मंगलवार १३:४१
 

बर्दिया : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् ।

बर्दिया जिल्लाका कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् । कुनै पनि कार्यालयमा कार्यालय प्रमुख वा जनप्रतिनिधिले हाजिर नगराउने र कोही कर्मचारी हाजिर गर्न नजाने प्रवृत्ति बढिरहेकोले अब यो प्रवृत्ति चल्दैन, उनले बताए ।


मन्त्री मोदीले आगामी साउनबाट कुनै पनि स्थानीय तहका जनप्रतिनिधि वा कार्यालयका प्रमुखले हाजिर नगराउने र खटाएका कर्मचारी हाजिर गर्न नजाने प्रवृत्ति दोहो¥याउन खोजे कारबाही हुने बताए ।

कानुनअनुसार सबैलाई कारबाहीको दायरामा ल्याई खटाएको ठाउँमा कर्मचारीलाई खटाउने बताउँदै उनले भने, “सरुवा प्रणालीलाई साउनबाट व्यवस्थित बनाउन खोज्दै छौँ, योसँगै हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अन्त्य हुन्छ ।” स्थानीय तहमा कर्मचारी जानै नमान्ने र गएका पनि हट्न नमान्ने बेथितिको पनि अन्त्य हुने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा सिकलसेल स्क्रिनिङ अभियान

५ असार २०८०, मंगलवार १३:४१
धनगढी : कैलालीको कैलारी र जानकी गाउँपालिकामा सिकलसेल र थालासेमिया स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ । थारू समुदायमा देखा परेको सिकलसेल एनिमिया र थालासेमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय तहको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सो अभियान सञ्चालन गरेको हो । सो अभियानको […]