नरैनापुरका अग्नी पीडितलाई नेपाली काँग्रेस क्षेत्रीय समितिको राहत

सदरलाइन संवाददाता १९ जेष्ठ २०८०, शुक्रबार २०:०६
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिका वडानं ५ जमुनाहा गाउमा भएको आगलागीमा परेका अग्नी पीडितलाई नेपाली काँग्रेस बाँके १ नं. क्षेत्रीय समितिले राहत बितरण गरेको छ ।


केही दिन अघिमात्र सो स्थानमा भएको आगलागीमा परेर १३ घर नष्ट भएका थिए । सो अग्नी पीडित परिवारलाई नेपाली काँग्रेस बाँके क्षेत्रनं. १ द्वारा राहत बितरण गरिएको हो । क्षेत्रीय सभापति पोषण केसीको नेतृत्वमा गएको टोलीले पीडित प्रति परिवारलाई २५ किलो चामल, २ किलो दाल, १ किलो र १ लिटर तेल बितरण गरेको हो ।

सो अवसरमा सो वडाका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता युवराज मोर्यलगायतको नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीको दुरुपयोग उदाङ्गिने बाँकेको त्यो सवारी दुर्घटना

१९ जेष्ठ २०८०, शुक्रबार २०:०६
नेपालगञ्ज : तीन दिनअघि १७ जेठमा बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मा कार र यात्रुवाहक बस एकआपसमा ठोकिए । तीव्र गतिका कारण भएको दुर्घटनामा परी बा१३च ८२५३ नम्बरको कारचालक र कारमा सवार यात्रुको दुर्घटनास्थलमै मृत्यु भयो । कार मे १ ख ३३३५ नम्बरको बससँग ठोकिएको थियो । बसमा सवार ६ […]