मलमपट्टि क्लिनिकद्वारा रक्तदान

सदरलाइन संवाददाता ३ असार २०८०, आईतवार १५:१९
 

नेपालगञ्ज : थोपा प्रयोगशाला/मलमपट्टि क्लिनिक्स आफ्नो स्थापना दिवसको अवसरमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

थोपा प्रयोगशाला भवनमा आयोजना गरिएको रक्तदानमा ४६ जनाले रक्तदान गरेको प्रयोगशालाका कार्यकारी प्रमुख सुलभ आचार्यले जानकारी दिए ।


नेपालगञ्ज रक्तसञ्चार केन्द्रसंगको सहकार्यमा आयोजित रक्तदानमा चिकित्सक, प्रयोगशालाकर्मी, नर्सिङ स्टाफ, संचारकर्मी, शिक्षक सहित विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले रक्तदान गरेको कार्यकारी प्रमुख आचार्यले बताए ।

कुनै पनि बिरामी रगत अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनको भनाइ छ । थोपा प्रयोगशाला/मलमपट्टि किल्निक स्थापनाको आइतवार एक वर्ष पुरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा डिएपी मलको अभाव, किसान रित्तै हाथ फर्किंदै

३ असार २०८०, आईतवार १५:१९
नेपालगञ्ज : बाँकेका किसानहरुले रोपाइँका लागि वर्षातको प्रतीक्षा गरिरहँदा डिएपी मलको अभाव देखिएको छ । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारीमार्फत किसानहरुलाई रासायनिक मल आपूर्ति गर्दै आएका छन् । साल्ट ट्रेडिङ प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख मनोज चौधरीका अनुसार जेठ तेस्रो सातादेखि डिएपी मल सकिएको छ […]