संघीय संसदको महासचिवमा गोपालनाथ योगी चयन

२ चैत्र २०७६, आईतवार १९:२९
 

सदरलाइनडटकम,
काठमाण्डौं  : संघीय संसदको महासचिवमा गोपालनाथ योगी चयन भएका छन् । प्रतिनिधीसभाका सचिव रहेका योगीलाई सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाको परामर्शमा अर्को ब्यवस्था नभएसम्मका लागि महासचिवमा चयन गरेका हुन ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि लागु हुने गरि सेवानिवृत्त भएका कारण योगीलाई सोमबारदेखि लागु हुने गरि महासचिवमा नियुक्त गरिएको हो ।

महासचिवमा नियुक्त भएका योगी बाँकेको खजुरा गाउँपालिका ४ एफगाउँका स्थायी बासिन्दा हुन ।  गैरसरकारी संस्था महासंघको केन्द्रीय बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका योगी अधिकारकर्मीको रुपमा समेत परिचित थिए ।


को हुन योगी ?

सल्यानको खलंगामा जन्मेका ४४ बर्षिय योगीको स्थायी ठेगाना सल्यानको बाघचौर नगरपालिका ७ हो । हाल उनी सपरिवार बाँकेको खजूरा गाउँपालिकाको वडा नम्बर ४ एफगाउँमा बस्दै आएका छन् ।

काठमाडौं स्कुल अफ ल भक्तपुरबाट कानुनमा स्नाकोत्तर (मानव अधिकार तथा लैगिंक न्याय), उत्तिर्ण गरेका छन् भने अमेरिकाको न्यूयोर्किस्थत कोलम्बिया बिश्वविद्यालयबाट भिजिटिङ स्कलर अन पब्लिक इन्टेरेस्ट ल मा स्नाकोत्तर उत्तिर्ण गरेका छन् ।

राष्ट्रपतिबाट २०७४ सालमा प्रवल जनसेवाश्री पदकबाट विभुषित भएका योगी मानव अधिकारवादी युवा कानुन ब्यवसायीका पुर्ब केन्द्रीय अध्यक्ष समेत हुन । विगतमा निर्वाचन पर्यवेक्षण समितिका महासचिव रहेका योगी बि–गुरुप नेपालगञ्जका कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।

Next Post

आधारभुत तहको पश्नपत्रमा त्रुटी नै त्रुटी भेटियो

२ चैत्र २०७६, आईतवार १९:२९
सदरलाइनडटकम, नेपालगञ्ज : नोबेल कोरोना भाइरसका कारण छिटो परीक्षा सक्नको लागि सञ्चालन गरिएको विभिन्न स्थानीयतहका आधारभुत तहका परीक्षामा सोधिएको पश्नहरुमा गल्तीका चाङ्ग भेटीएको छ । सदरलाइन डटकम अनलाईनलाई प्राप्त बाँकेको कोहलपुर नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाले सञ्चालन गरेको आधारभुत तहको परीक्षामा सोधिएका प्रश्नहरु नै गल्तीको चाङ्ग रहेको पाइएको छ । […]