बाँकेमा डिएपी मलको अभाव, किसान रित्तै हाथ फर्किंदै

सदरलाइन संवाददाता ३ असार २०८०, आईतवार १५:४०
 

नेपालगञ्ज : बाँकेका किसानहरुले रोपाइँका लागि वर्षातको प्रतीक्षा गरिरहँदा डिएपी मलको अभाव देखिएको छ । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारीमार्फत किसानहरुलाई रासायनिक मल आपूर्ति गर्दै आएका छन् ।

साल्ट ट्रेडिङ प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख मनोज चौधरीका अनुसार जेठ तेस्रो सातादेखि डिएपी मल सकिएको छ । क्षेत्रीय प्रमुख चौधरीले भने, “डिएपी मल असारको १५।२० मा आउने जानकारी आएको छ, यतिबेला आउने किसानलाई फर्काउने गरेका छौं ।“

युरिया मल भने नियमित वितरण भइरहेको छ । हाल पनि कार्यालयमा १२ हजार बोरा युरिया मल मौज्दात रहेको चौधरीको भनाइ छ । साल्ट ट्रेडिङले डिलर सहकारीको रुपमा नेपालगञ्जमा १३, बैजनाथमा ९, डुडुवामा १, जानकीमा ४, खजुरामा ९, कोहलपुर ३ र राप्ती–सोनारी गाउँपालिकाका ६ वटा सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले भैरहवाबाट डिएपी र युरिया मल आउने क्रममा रहेकाले अबको केही दिनमा सहकारी मार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिए । एक साताभित्र युरिया ४६८ टन र डिएपी ३६० टन आउने क्रममा रहेको पौडेलले जानकारी दिए । जस अनुसार ६० प्रतिशत युरिया र २५ प्रतिशत डिएपी मल नेपालगञ्ज पुगेर गोदाममा राखिएको छ ।


कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख पौडेलले भने, “तत्काल आउने जति सबै मल आएपछि एकसाथ एक साताभित्र जिल्लाभर वितरण गर्ने योजना बनाएका छौं, तत्काल किसानलाई माग अनुसार डिएपी अभाव हुने देखिन्छ ।“

डिएपी मल रोपाइँको समयमा आवश्यक पर्ने भएकाले किसानले हाल बढी माग गर्ने गरेका छन् । कृषि सामग्री कम्पनीले किसानका लागि जिल्लामा एक सय ७ वटा सहकारीलाई रासायनिक मल वितरण गर्दै आएको छ ।

पालिका अनुसार सहकारीको सङ्ख्या कम बढी भएकाले उनीहरुले पाउने मलको परिमाणमा फरक पर्ने गरेको छ । कृषि सामग्री कम्पनीले डिएपी मल पनि छिट्टै आउने जानकारी आएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निःशुल्क एम्बुलेन्स सञ्चालन गर्दै नेपालगञ्ज उपमहानगर

३ असार २०८०, आईतवार १५:४०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले साउन १ गतेदेखि ‘घरदेखि अस्पतालसम्म’ चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन साउन १ गतेदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको नगर प्रमुख प्रशान्त […]