अब पश्चिम सुर्खेतमै शव परीक्षण हुने

सदरलाइन संवाददाता २० भाद्र २०७९, सोमबार १३:५८
 

सुर्खेत : पश्चिम सुर्खेतमा शव परीक्षण घर नहुँदा शव बोकेर वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता अब हटेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो ।

शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाले अनावश्यक सास्ती भोग्नुपरेको थियो।


शङ्कास्पद मृत्यु एवं दुर्घटनाबाट भएको मृत्युमा कानुनअनुसार अनिवार्य शव परीक्षण गरिन्छ। प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सोमवार नवनिर्मित भवनको उदघाटन गरे ।

‘पीडामा परेका आफन्तजन शव बोकेर लामो बाटो छिचोल्दै वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता हटेको छ, मृतकका आफन्तलाई दोहोरो पीडा थियो’, उनले भने, ‘अझ विपन्न परिवारले ऋण, सापटीको जोहो गर्नुपर्ने अवस्था थियो, शवको परीक्षण अब आफ्नै क्षेत्रमा हुने भएको छ ।’ मन्त्रालयको २५ लाख बजेटमा उक्त भवन निर्माण भएको हो ।

भवन उद्घाटन कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले स्वास्थ्य केन्द्रमा तत्काल विशेषज्ञ जनशक्ति पठाउन मन्त्रीसमक्ष आग्रह गरे । उनले ५० श्ययाको अस्पतालका रुपमा विकास गर्नसके पश्चिम सुर्खेतका बासिन्दा अहिले जस्तो सामान्य स्वास्थ्य समस्या देखिँदा वीरेन्द्रनगर जानुपर्ने बाध्यता हट्ने अपेक्षा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७५ जिल्लामा डेगु, स्वास्थ्य संकटकाल घोषणा गर्नेबारे अध्ययन

२० भाद्र २०७९, सोमबार १३:५८
नेपालगञ्ज : मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेंगु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन् । काठमाण्डौ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाण्डौमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ । ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई […]

ताजा अपडेट