बँदेल मार्ने पासोमा परी बर्दियामा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २ आश्विन २०७८, शनिबार १२:४७
 

नेपालगञ्ज : बर्दियामा बँदेललाई थापेको विद्युतीय पासोमा परेर तीन जनाको मृत्यु भएको छ । शुक्रवार राति करिब १० बजेतिर ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

शुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अन्य दुई जनालाई पनि करेन्ट लागेको बताइएको छ । बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा लाइफ लाइन जनरल हस्पिटल खुल्यो

२ आश्विन २०७८, शनिबार १२:४७
नेपालगञ्ज : नेपालगञ्जमा लाइफ लाइन जनरल हस्पिटल प्रालि सञ्चालनमा ल्याइएको छ । सदरलाइनस्थित हस्पिटलको शनिवार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा, डा गोपाल श्रेष्ठले शुभारम्भ गरे । शुभारम्भसँगै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिवार निःशुल्क जाँच तथा परामर्श सेवा समेत शुरु गरिएको छ । सर्व साधारणका लागि विहान १० वजेदेखि […]