बसमा आगलागी हुँदा ३१ यात्रु घाइते, ६ को अवस्था चिन्ताजनक

सदरलाइन संवाददाता ११ श्रावण २०७९, बुधबार १३:३८
 

नेपालगञ्ज : कञ्चनपुरबाट काठमाण्डौ जाँदै गरेको बस नवलपरासी पूर्वको दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भएर सडक छेउँमा पल्टिंदा भएको आगलागीमा परेकामध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिए ।


सख्त ६ जनाको चितवनको भरतपुर र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस महाकाली यातायात प्रालिको हो । दुर्घटनामा घाइते भएकाहरु अधिकांश कञ्चनपुर र कैलाली जिल्लाका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको एक सुन पसलमा चोरी

११ श्रावण २०७९, बुधबार १३:३८
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका–९ भादा बजारमा रहेको एक सुन पसलबाट नगद र गरगहनासहित सीसीटीभीको हार्डडिस्कसमेत चोरी भएको छ । कतरनिया बजारस्थित सुनचाँदी पसलमा नगद १ लाखसहित १८ तोलाभन्दा बढी सुन लुटेको भन्दै पीडितले प्रहरीमा कार्यालयमा उजुरी गरेका छन् । पीडित अर्जुन घिमिरेको डेराबाट करिब ५ सय मिटर दूरीमा रहेको […]