नरैनापुरमा प्रहरी परिचालन गरि विद्यालय सञ्चालन

सदरलाइन संवाददाता ३ असार २०८०, आईतवार १४:१६
 

नरैनापुर (बाँके) : नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनका क्रममा आइतबार देखि देशभरिको सामुदायिक विद्यालय अनिश्चित कालिन बन्द घोषणा गरेको छ ।

बाँके नरैनापुरमा तलब नपाएका अनुदान शिक्षकको आन्दोलन जारी रहेकै बेला परिषदले समेत विद्यालय बन्द गर्ने घोेषणा गरेपछि नरैनापुर क्षेत्रमा प्रहरी परिचालन गरेर विद्यालय सञ्चालन गरिएको छ ।


लामो समयदेखि संघीय शिक्षा कानून लागु गर्न माँग गर्दै आन्दोलनमा रहेको परिषदले आजदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने घोषणा गरेको हो । विद्यालयमा अवरोध रोक्न नरैनापुर क्षेत्र भरि प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युतको मनपरीविरुद्ध विद्युत कार्यालय घेराउ

३ असार २०८०, आईतवार १४:१६
नेपालगञ्ज : विद्युतको मनपरीविरुद्ध आइतवार नेपालगञ्ज विद्युत प्राधिकरणको कार्यालय घेराउ गरिएको छ । आमजनतालाई विना जानकारी लो भोल्टेज तथा छिनछिनमा विद्युत लोडसेडिङले आक्रान्त नेपालगञ्जवासीले आइतवार विद्युत कार्यालय घेराउ गरेका हुन् । बास नेपाल नेपालगञ्जको अगुवाईमा विद्युत कार्यालय घेराउ गरिनुका साथै ३ दिनको अल्टिमेटम समेत दिईएको छ । नेपालगञ्जको प्रचण्ड गर्मीमा […]

सम्बन्धित