विद्युतको मनपरीविरुद्ध विद्युत कार्यालय घेराउ

सदरलाइन संवाददाता ३ असार २०८०, आईतवार १४:४२
 

नेपालगञ्ज : विद्युतको मनपरीविरुद्ध आइतवार नेपालगञ्ज विद्युत प्राधिकरणको कार्यालय घेराउ गरिएको छ । आमजनतालाई विना जानकारी लो भोल्टेज तथा छिनछिनमा विद्युत लोडसेडिङले आक्रान्त नेपालगञ्जवासीले आइतवार विद्युत कार्यालय घेराउ गरेका हुन् ।

बास नेपाल नेपालगञ्जको अगुवाईमा विद्युत कार्यालय घेराउ गरिनुका साथै ३ दिनको अल्टिमेटम समेत दिईएको छ । नेपालगञ्जको प्रचण्ड गर्मीमा आन्दोलनरत नेपालगञ्जवासीले सडकमै सुतेर नारावाजी गरेका थिए । नेपालगञ्जवासी विद्युत घेर्न प्राधिकरणले बाध्य बनाएको स्थानिय वालअधिकारकर्मी साहिल अन्सारीले बताए । विद्युतका कर्मचारीले आफु एसीमा बस्ने तर नेपालगञ्जवासीलाई प्रचण्डा गर्मीको मारमा पार्ने कार्यवारे अब चुप लागेर बस्न नसकिने अन्सारीले बताए ।

नेपालगञ्ज विद्युत प्राधिकरण नभई अप्राधिकरण भएको अन्सारीले संज्ञा दिँदै भने जनता केका लागि विद्युतलाई ट्याक्स तिर्ने । एकदिन ढिलो भयो भने विद्युतले महसुलमा ट्याक्स लिन्छ तर छिनछिनमा लो भोल्टेज र लोडसेडिङ हुदा हामीले के गर्ने यसको लिखित जवाफ चाहिएको युवा नेता प्रकाश कुवरले भने । नेपालगञ्जवासीले जुन खालको समस्या झेल्नुपर्छ त्यही समस्या नेपाल विद्युत प्राधिकरणले पनि झेल्नुपर्ने कुवरले भने । यदि नेपालगञ्जवासीहरुको लागि विद्युतको समस्या हल गर्न सकिन्न भने प्रमुखजी राजीनामा दिनुस कि नेपालगञ्जवासीको समस्या हल गर्नुस कुवरले भने ।


नेपाल विद्युत प्राधिकरणका प्रमुखलाई यदि मानवता छ भने आजकै दिनदेखि प्रण गर्नुपर्छ आइन्दा यस्तो गल्ती हुने छैन भनेर हामी निर्धक्कका साथ यस्तो गर्मीमा पंखामा त बस्न पाउनुपर्ने उनले जिकिर गरे । नेपालगञ्जवासीको समस्याको समाधान गर्न सकिन्न भने प्रमुख भएर बस्नुको कुनै तुक नरहेको समाजसेवी कृष्ण प्रसाद श्रेष्ठले बताए ।

विद्युत प्राधिकरणले जति सके पहल गर्दै आएको छ नेपालगञ्ज विद्युत प्राधिकरण कार्यालयका प्रमुख दिवाकर प्याकुरेलले भने । नेपालगञ्जमा विद्युत अनियमितता बारे भारतबाटै समस्या आउने गरेको हुनाले यसलाई सुधारबारे बारम्बार पहल भैरहेको उनले जानकारी दिए । जेठ असारको महिनामा बढि हावाहुरी चल्ने र पोल तथा तारमा नोक्सानी पुर्याउने भएको हुनाले यसले पनि थप समस्या पार्ने गरेको प्रमुख प्याकुरेलले बताए ।

प्रचण्ड गर्मीमा विद्युतनै नदिने नियत नभएको भन्दै उनले ध्यानाकर्षण पत्रको जवाफ ३ दिनभित्र लिखित दिने प्रतिवद्धता जनाए । ११ बजेदेखि नेपालगञ्ज विद्युत कार्यालय अगाडी सडकमा एक घण्टा नारावाजी सहित विद्युत घेराउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

३ असार २०८०, आईतवार १४:४२
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित भएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले उक्त घोषणा गरेका हुन् । पालिकामा १५ महिनाभित्रका ७ जना शून्य डोज र ७९ जना ड्रपआउट, १६ महिनादेखि ५९ महिनाकाका १ सय ८९ शून्य डोज र एक हजार […]