कोरेक्ससहित काली परिन प्रहरी फन्दामा

२ कार्तिक २०७३, मंगलवार १३:५१
 

सदरलाइनडटकम, images
२ कात्तिक, नेपालगन्ज : प्रतिबन्धित औषधिसहित एक महिलालाई जमुनहा प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार रुपईडिहाबाट नेपालगन्ज आउँदै गरेकी ४५ बर्षीय काली खत्रीलाई १० बोतल प्रतिबन्धित औषधि कोरेक्ससहित प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
जाजरकोटको जुगाथापाचौर घर भई हाल कोहलपुर–४ चटारगाउँमा बस्दै आएकी खत्रीले किराना सामानको बीचमा राखेर कोरेक्स ल्याउँदै गर्दा जाँचका क्रममा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुनहाका ईञ्चार्ज प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिए । उनले आवश्यक कारबाहीका लागि खत्रीलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जानकारी दिए ।
यस्तै लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । रुपईडिहाबाट आउँदै गरेका बाँके बैजापुर–४ का २२ बर्षीय कुशलराज केसीलाई ब्राउन सुगरसहित जमुनहा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक खुराक अर्थात् ५ देखि ७ मिलिग्राम लागु औषध ब्राउन सुगर भेटिएकोले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइने प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकको ठक्करबाट दुईको मृत्यु

२ कार्तिक २०७३, मंगलवार १३:५१
सदरलाइनडटकम, २ कात्तिक, नेपालगन्ज : पूर्वपश्चिम राजमार्गको कोहलपुर–बाँसगढी सडक खण्डमा मंगलबार कोहलपुरमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ईप्रका कोहलपुरका अनुसार मंगलबार बिहान १० बजेर ५० मिनेटमा कोहलपुरबाट बासगढीतर्फ जादै गरको से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर–३ मदनचौकमा बाटो काट्दै गरेकी […]

सम्बन्धित