सप्तर्षिको पूजासँगै सकियो तीज, बागेश्वरीमा ब्रतालुको भीड

२९ भाद्र २०७५, शुक्रबार १५:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सप्तर्षिको पूजा उपासना गरी शुक्रवार हिन्दु सनातन धर्मावलम्बी नारीहरूले ऋषिपञ्चमी पर्व मनाएका छन् । भाद्र शुक्ल पञ्चमी तिथिका दिन मनाइने यस पर्वमा बिहान झिसमिसेमै उठेर पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, तिल, कुश, अपामार्ग (दतिवन) गरी स्नान गर्ने चलन छ ।
महिलाहरूले दतिवनका ३ सय ६५ डाँठले दाँत माझ्ने र ३ सय ६५ वटा पातले नुहाउने गर्दछन् । ३ सय ६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिलाहरू चाल्नोबाट पानी खन्याई नुहाउने गर्दछन् । विधिपूर्वक स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ ।
कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठसहित अरुन्धती(वशिष्ठपत्नी) को पूजा गरिन्छ । सप्तर्षिको पूजा गर्दा फूललगायतका ३ सय ६५ सामग्री चढाउने विधान छ ।
विधिपूर्व सप्तर्षिको पूजा गर्नाले महिनावारी भएका बेला अञ्जानमा गरेका पाप नष्ट हुन्छन् भन्ने मान्यता छ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजा गर्न विहानैदेखि व्रतालु महिलाहरूको भिड लागेको थियो । सप्तर्षिको पूजासँगै तीज पर्व समाप्त भएको मानिन्छ ।


Next Post

निर्मलाको अपराधीलाई कडा कारबाही गर्न राष्ट्रपतिको आग्रह

२९ भाद्र २०७५, शुक्रबार १५:५९
सदरलाइनडटकम, काठमाण्डौ : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कठघरामा ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् । राष्ट्रिय बाल दिवस मूल समारोहलाई शुक्रवार काठमाण्डौमा सम्बोधन गर्दै उनले जतिसक्दो चाँडो अपराधीलाई कानूनी कठघरामा उभ्याउन सरोकालवालसँग आग्रह गरेकी हुन् । निर्मला पन्तका बुवाआमा तथा परिवारजन न्यायका लागि छट्पटिई रहनु […]

सम्बन्धित