राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले नागरिकसँग जोडिन गुनासो एप्लीकेसनको शुरुवात गरेको छ । गुनासो एप्लीकेसन शुरु गरिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी गराएका छन् ।
गाउँपालिका सबै समुदायहरुको अपनत्व गराउन र गाउँपालिकाका विकास निमार्णका कामहरुमा सहज हुने विश्वासले उक्त गुनासो एप्लीकेसन शुरुवात गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।
‘अब जुन क्षेत्रबाट पनि गाउँपालिकाका कामहरु प्रति सजक र सहज बनाउन आम नागरिकले गुनासो गर्न पाउनु हुनेछ ‘गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भनेका छन् । उक्त गुनासो एप्लीकेसनमा गाउँपालिका आम जनताले आफ्नो गुनासा दर्ता गर्न मिल्ने छ ।
गाउँपालिका कर्मचारीसँग उक्त एप्लीकेशन मार्फत प्रत्येक्ष कुराहरु गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले उल्लेख गरे ।
त्यसै गरी उक्त एप्लीकेसनको सहयोगमा प्रत्यक्ष गाउँपालिकासँग समेत कुरा गर्न मिल्ने छ ‘गाउँपालिका अध्यक्ष पौडेलेले भनेका छन् । हाम्रो गाउँपालिकाको भूगोल ठुलो छ । सबै नागरिकसँग अब यसै गुनासो एप्लीकेश मार्फत प्रत्येक वडा र सबै शाखाका कामहरु बारे जनताको राय सुझाव समेत आउने विश्वास लिएको छु’ गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।
गाउँपालिकाबाट उपलब्ध गराइने अनुदानका कार्यक्रमहरुबारे उक्त एप्लीकेशनले जानकारी गराउने बताइएको छ । त्यसै गरी नागरिक वडा पत्र समेत उक्त एप्लीकेसनमा राखिने छ । त्यसै गरी उक्त एप्लीकेशनमा थारु,नेपाली र अवधी भाषामा उक्त नागरिक वडा पत्र राखिने गाउँपालिकाले जनाएको छ ।
बाँके जिल्लामा गुनासो दर्ता गर्न मिल्ने र आम नागरिकसँग उक्त एप्लीकेसन मार्फत कुरा गर्न मिल्ने पहिलो गाउँपालिका राप्तीसोनारी गाउँपालिका भनेको छ । उद्यपी गाउँपालिकाले यसलाई परिक्षण काल भनेको छ ।