वाइडबडी जहाजमार्फत् मलेसियाबाट ल्याइयो २४ शव

सदरलाइन संवाददाता ९ श्रावण २०७८, शनिबार १४:५३
 

काठमाण्डौ  : बैदेशिक रोजगारमा मलेसिया पुगेर ज्यान गुाएका २४ जना नेपालीको शव राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट नेपाल ल्याएको छ ।

निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ शव र तीन अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत् नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ ।


वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ । फोटो : सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा कोठा भाडामा लिएर ब्राउन सुगरको कारोबार गर्ने दुई भारतीयसहति ३ जना सार्वजनिक

९ श्रावण २०७८, शनिबार १४:५३
नेपालगञ्ज   : बाँके प्रहरीले दुई भारतीय नागरिकसहित ३ जनालाई ४३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित शुक्रबार राती नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज, वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको […]

सम्बन्धित