बाँकेका स्थानीय तहको वार्षिक समिक्षा

१० श्रावण २०७६, शुक्रबार १९:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  स्थानीय तह तथा जिल्ला समन्वय समिति बाँकेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा सुरु भएको बार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेसहित जिल्लाका ८ वटै स्थानीय तहको कार्य प्रगती प्रस्तुत गरिएको थियो ।
बार्षिक समिक्षा कार्यक्रमको उद्दघाटन गर्दै संयोजक श्रीबास्तबले जिल्लाको स्थानीय तहले गरेको कार्य प्रगतिको समिक्षा गर्ने कार्यक्रममा बाँकेबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरु उपस्थित नभएको भन्दै उनीहरु प्रति आक्रोश ब्यक्त गरे ।
संयोजक श्रीवास्तवले सबै स्थानीय तहको प्रगति सरदर ७५ प्रतिशत मात्र देखिएको भन्दै सबै स्थानीय तहलाई शत प्रतिशत विकासको रकम खर्च हुने गरी काम गर्न निर्देशन समेत दिए ।
उनले स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम र बजेट नियमित जिल्ला समन्वय समितिमा पठाउन आग्रह गर्दै सरकारले कुनैपनि पालिकालाई स्वकिय सचिव, कानुनी सल्लाहकार तथा प्रेस सल्लाहकार राख्ने व्यवस्था नगरेको बताउँदै पालिकाहरुले आफुखुसी राख्ने गरेको कार्य नियम बिपरित भएकोले राख्नै पर्नेभए ऐन कानून निर्माण गरेर राख्न सुझाव दिए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशाशकिय अधिकृत हरि प्याकुरेल, नरैनापुरका दलबहादुर बस्नेत, खजुराका बमबहादुर केसी, जानकीका महेन्द्रबहादुर शाहीलगायतले आ–आफ्नो पालिकाको प्रस्तुती गरेका थिए ।

Next Post

कुवेतविरुद्ध नेपालको शानदार जीत

१० श्रावण २०७६, शुक्रबार १९:१९
सदरलाइनडटकम, काठमाण्डौ : सिंगापुरमा जारी आइसिसी टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको एशिया फाइनलको खेलमा नेपालले कुवेतमाथि सात विकेटको सानदार जीत निकालेको छ । इण्डियन एशोसियशन क्रिकेट मैदानमा शनिवार बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो । जीतसँगै नेपालले ग्लोबल […]