एकीकृत समाजवादीका नेता स्व अशोक कोईरालाको श्रद्धाञ्जली सभा सम्पन्न

सदरलाइन संवाददाता २३ चैत्र २०८१, शनिबार १८:३०
 

कोहलपुर (बाँके) : नेकपा एकीकृत समाजबादी बाँकेले कोहलपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका पोलिटव्यूरो सदस्य अशोक कोईरालाको तेह्रौ दिनको पुण्य तिथिकोे अवसरमा सो साभ आयोजित गरिएको थियो ।

श्रद्धाञ्जली सभामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्दै बाँके तथ लुम्बिनी कै सिंगो कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन तथा समाज रूपान्तरणको अभियानलाई व्यापक बनाउन दिवंगत अशोक कोईरालाले खेल्नु भएको भूमिकाको उच्च मूल्याङ्कन गरे ।

जीवनको ऊर्जाशील उमेर राजनीतिक जागरणमा खर्चिएको स्मरण गर्दै पूर्वप्रधान मन्त्री नेपालले स्व अशोकले देखाएको बाटोमा सबै अविचलित भएर लाग्ने र उनले देखेका सपनाहरू पूरा गर्ने संकल्प व्यक्त गरे ।


श्रद्धाञ्जली सभामा स्व. अशोककी जीवन संगिनी मञ्जु कोईरालाले स्व अशोकका सपना पुरा गर्न तथा उनले छाडेका अधुरा सपना पुरा गर्न कुनै कसर नछोड्ने बताईन ।

सो अवसरमा एकीकृत समाजबादीका केन्द्रीय नेताहरु सोमनाथ पाण्डे, प्रकाश ज्वाला लगायत पार्टीका नेता, कार्यकर्ता, समाजका अगुवा तथा परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।

काईरालाको ६१ बर्षको उमेरमा पार्टी कामको शिलसिलामा कपिलबस्तुमा ब्रेन हेमरेज भई उपचारको क्रममा निधन भएको थियो । उनका एक श्रीमती एक छोरा एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मथुरा देशकै पवित्र तीर्थस्थलका रूपमा विकसित हुन्छ :  मुख्यमन्त्री आचार्य

२३ चैत्र २०८१, शनिबार १८:३०
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क–५ मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताएका छन् । मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवी भागवत एवम् शतचण्डी महायज्ञ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्वको स्थलका रूपमा विकास गरिने बताएका हुन । ‘यो ठाउँको […]

ताजा अपडेट