कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुराउन स्व भुसालको अतुलनीय योगदान : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता २३ चैत्र २०८१, शनिबार १८:४६
 

अर्घाखाँची :  नेकपा एमाले अर्घाखाँचीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका सन्धिखर्क नगर अध्यक्ष कुशल भुसालका पिता विष्णुप्रसाद भुसालको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

श्रद्धाञ्जली सभालाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्दै अर्घाखाँचीको सिंगो कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन तथा समाज रूपान्तरणको अभियानलाई व्यापक बनाउन दिवंगत विष्णुप्रसाद भुसालले खेखेको भूमिकाको उच्च मूल्याङ्कन गरे ।


‘कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन उहाँको महत्वपूर्ण र अतुलनीय योगदान रहेको छ,’–मुख्यमन्त्री आचार्यले भने–‘जिल्लाको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन, समाज रूपान्तरणमा उहाँले महत्वपूर्ण भूमिका खेल्नु भयो । अहिले उहाँको निधनका कारण हामी पीडामा छौं । अर्घाको समाज परिवर्तन गर्न उहाँको योगदान अतुलनीय छ । ठूलो संघर्ष गरेर योगदान गर्नु भएको हो । जातीय विभेदको खाडल मेटाउनका लागि जागरण अभियानलाई अघि बढाउन उहाँले खेलेको भूमिका प्रशंसनीय छ ।’

जीवनको ऊर्जाशील उमेर राजनीतिक जागरणमा खर्चिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले स्व भुसालले देखाएको बाटोमा सबै अविचलित भएर लाग्ने र उहाँका सपनाहरू पूरा गर्ने संकल्प व्यक्त गरे ।

श्रद्धाञ्जली सभामा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाललगायत पार्टीका नेता, कार्यकर्ता, समाजका अगुवा तथा परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो । भुसालको ६८ बर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक

२३ चैत्र २०८१, शनिबार १८:४६
नेपालगन्ज : लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक ‘टि–शर्ट’ शनिबार नेपालगन्जमा सार्वजनिक गरिएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगन्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा भारत र नेपालका गरी आठ टीमको सहभागिता रहने जनाइएको छ । […]

सम्बन्धित

ताजा अपडेट