मथुरा देशकै पवित्र तीर्थस्थलका रूपमा विकसित हुन्छ :  मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता २३ चैत्र २०८१, शनिबार १८:३८
 

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क–५ मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताएका छन् ।

मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवी भागवत एवम् शतचण्डी महायज्ञ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्वको स्थलका रूपमा विकास गरिने बताएका हुन ।


‘यो ठाउँको समृद्धि र विकासका निम्ति विभिन्न क्षणमा सरकारको तर्फबाट सहयोग हुने काम भइरहेको छ । चालू आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति गर्न बजेटले सम्बोधन गरेको छ । यसका साथै यहाँ पानीको समस्या थियो, त्यसलाई हल गर्ने उद्देश्यका साथ खानेपानीको काम अघि बढेको छ’–उनले भने–‘यो स्थललाई अर्घाखाँची वा लुम्बिनी प्रदेशको मात्रै नभई देशकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी छ ।’

जंगबहादुर जन्मिएको भनेर चिनिने ऐतिहासिक पौवाको समेत संरक्षण गर्ने काम सरकारले गरेको जानकारी गराए । भविष्यमा बृहत्तर गुरुयोजना निर्माण गरेर मथुराको समुचित विकास गरिने योजना रहेको उनले उल्लेख गरे ।

भक्तजनको अभिलाषा र चाहनाअनुसार प्रदेश सरकारले धार्मिक स्थलको विकासलाई प्राथमिकता दिने बताउँदै उनले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन समेत सरकारले विशेष ध्यान दिने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुराउन स्व भुसालको अतुलनीय योगदान : मुख्यमन्त्री आचार्य

२३ चैत्र २०८१, शनिबार १८:३८
अर्घाखाँची :  नेकपा एमाले अर्घाखाँचीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका सन्धिखर्क नगर अध्यक्ष कुशल भुसालका पिता विष्णुप्रसाद भुसालको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । श्रद्धाञ्जली सभालाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्दै अर्घाखाँचीको सिंगो कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन तथा समाज रूपान्तरणको अभियानलाई व्यापक […]

सम्बन्धित