स्थापना दिवसमा दृष्टिबिहीनलाई खाद्यन्न

सदरलाइन संवाददाता २० जेष्ठ २०८०, शनिबार १४:३३
 

दाङ : मानव अधिकार तथा शान्ति समाजले २८ औ स्थापना दिवसको सन्दर्भ पारि दृष्टिबिहीन बिद्यार्थी र मानव सेवा आश्रममा आश्रित महिलाहरुलाई बस्त्र सहयोग गरेको छ ।

दाङको तुलसीपुर स्थीत दृष्टिबिहीन छात्रबासमा बस्दै आएका २१ जना बिद्यार्थीहरुका लागि चामल, दाल, तेल, नून, साबुन श्याम्पु लगायतका दैनिक उपभोग्य सामान गुरु जजुर उच्च मावि रक्षा चौरका शिक्षक एवम बिद्यालयका फोकल पर्सन बिष्णु प्रसाद न्यौपानेलाई शान्ति समाजका कार्यबाहक सभापति कोमल डिसीले हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, शाखाका सदस्य संदीपन रिजाल, शिक्षक बिष्णुप्रसाद न्यौपानेले बोलेका थिए ।

उक्त छात्रबासमा २१ जना बालबालिका बस्दै आएका छन् भने दृष्टिबिहीन ३६ जना बिद्यार्थी गुरु जजुर उच्च माबि रक्षाचौरमा अध्ययन गर्दै आएका छन् ।


स्थापना दिवसको सन्र्दभमा मानव सेवा आश्रम तुलसीपुरमा आक्षित १९ जना महिलाहरुलाई बस्त्र हस्तान्तरण गरिएको छ । समाजका कार्यबाहक सभापति कोमल डिसीले आश्रममा बस्दै आएका १९ जना महिलाहरुलाई साडी धोती लगायतका बस्त्र प्रदान गरेका थिए ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सदस्य तुलसीराम सुनार, आश्रमका संयोजक हिरु जोशी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अमृत प्रसाद शर्माले गरेका थिए ।

शान्ति समाजले स्थापना दिवसको अवसरमा तुलसीपुर कारागार कार्यालयका कैदीहरुका लागि पुस्तक, रक्तदान, नदी सरसफाई, भ्रष्टाचार बिरुद्ध बिशेष अन्तरक्रिया, दृष्टिबिहीन बिद्यार्थीलाई खाद्यन्न, आश्रममा आश्रित महिलाहरुका लागि बस्त्र बितरण गरेको छ ।

आईतबार दुर्व्यसन बिरुद्ध स्कुल केन्द्रित कार्यक्रम र बृक्ष सरसफाई कार्यक्रम गर्ने भएको सहसचिब माधव बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत रेल दुर्घटना : मृत्यु हुनेको संख्या दुई सय ८० पुग्यो

२० जेष्ठ २०८०, शनिबार १४:३३
काठमाण्डौ : भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय बढी घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । बहनागा बाजÞार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार–चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा […]