भारत रेल दुर्घटना : मृत्यु हुनेको संख्या दुई सय ८० पुग्यो

सदरलाइन संवाददाता २० जेष्ठ २०८०, शनिबार १४:३७
 

काठमाण्डौ : भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय बढी घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो ।

बहनागा बाजÞार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार–चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । यी डब्बा छेउकै ट्र्याकमा गइरहेको हावड़ा एक्सप्रेस ट्रेन सँग ठोक्किन पुगेको थियो । त्यसपछि हावड़ा एक्सप्रेस ट्रेनका पनि ३ डिब्बा पटरीबाट बाहिर आएका थिए ।

बहनागा बजार स्टेशनमा ४ वटा ट्रैक छन् । एक लूप ट्रेकमा मालगाड़ी रोकेर राखेको थियो । कोरोमंडल ट्रेनका डिब्बा पटरीबाट निस्केर मालगाडीमा ठोक्किएको भारतीय रेल्वेका वरिष्ठ अधिकारीको भनाइलाई उद्धत गर्दै इण्डियन एक्स्प्रेसले लेखेको छ ।


भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुगेका छन् । उनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उनले बताए ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदी घटनास्थलमा जाँदै छन् । दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिवेदन सार्वजनिक नगरि निर्वाचनमा गएको प्रति आपत्ति

२० जेष्ठ २०८०, शनिबार १४:३७
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकामा रहेको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेष्ठ २ गते तोकिएको आठौं बार्षिक साधारण सभा तथा अबिधेशनमा कोषाध्यक्षको प्रतिबेदनमाथि आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित छानबिन समितिले तयार पारेको प्रतिबेदन सार्वजनिक नगरि चुनावी प्रक्रियामा गएको प्रति बेटर बाँकेले आपत्ति जनाएको छ । […]